बाघको आक्रमणबाट एक सिंगे गैँडाको मृत्यु, अर्को गैँडाको जुधेर मृत्यु

सफल खबर संवाददाता

विहीबार, २९ मंसिर २०७९, १२ : ००
बाघको आक्रमणबाट एक सिंगे गैँडाको मृत्यु, अर्को गैँडाको जुधेर मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडाको मृत्यु भएको छ । निकुञ्जको अमलटारी सेक्टरको कुजौलि रेञ्जपोष्ट अन्तर्गत नारायणी नदी किनारस्थित निकुञ्जको कोर क्षेत्रमा गैंडा मृत फेला परेको हो । बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले भेला गैँडालाई मृत अवस्थामा भेटेको निकुञ्ज प्रशासनले जनाएको छ । 

अन्दाजी ६ महिना (खाग नपलाएको) उक्त गैँडाको बाघको आक्रमणबाट मृत्यु भएको जनाइएका छ । यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामिचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पनि अर्को गैंडा मृत फेला परेको छ । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले पोथी गैँडा मृत अवस्थामा भेटेको हो । 

अन्दाजी १५ बर्ष उमेरको उक्त गैंडाको आपसमा जुधेर मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आवमा मृत्यू हुने गैडाको संख्या ५ वटा रेकर्ड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस