काठमाडौं महानगरले आज सेवा प्रवाह नगर्ने

सफल खबर संवाददाता

विहीबार, २९ मंसिर २०७९, ०८ : १८
काठमाडौं महानगरले आज सेवा प्रवाह नगर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ ।

एक सूचना जारी गर्दै महानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभागरआयोजनारकार्यक्रमरवडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो । 

महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो ।