काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । प्रतिनिधिसभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।
सोही अनुसार आज राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ । प्रदेशसभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ ।
संघमा दुई सय ७५ र प्रदेशमा पाँच सय ५० जना गरी आठ सय २५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । आयोगले प्रतिवेदन बुझाएसँगै संघ र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया आह्वान हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह