काठमाडौं । सुन मिश्रित कपडासहित दुई जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिरज कुन्नपिल्ली मोइदिन र पैसल कोत्तकुदिल अबु रहेका छन् ।
गत आइतबार एयर इन्डियाको उडानमा काठमाडौँबाट भारतको कलकत्ता जान लागेका मोइदिन र सोही दिन एयर इन्डिगोको उडानमा काठमाडौँबाट भारतको मुम्बई जान लागेका अबुले ल्याएको लगेजहरूलाई प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्ने क्रममा सुन मिश्रित कपडाहरू फेला परेको थियो ।
मोइदिनको ५ थान फुलबुट्टे कपडाहरू गलाएपछि ७४।७५० ग्राम सुन फेला परेको छ भने अबुबाट अबुबाट ७३।८९० ग्राम सुन फेला परेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ मंसिर २०७९, २१ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ