किसानको समस्याप्रति सरकार गम्भीर नहुनु चिन्ताजनक : मधेशी आयोग

सफल खबर संवाददाता

बुधबार, २८ मंसिर २०७९, २१ : ४१
किसानको समस्याप्रति सरकार गम्भीर नहुनु चिन्ताजनक : मधेशी आयोग

काठमाडौं । मधेशी आयोगले किसानको समस्याप्रति नेपाल सरकार गम्भीर नहुनु चिन्ताजनक विषय रहेको निष्कर्ष निकालेको छ । आयोगले एक प्रेस विज्ञप्ति निकाल्दै मङ्सिरको अन्तिम समयसम्मपनि किसानको धान सरकारका सरोकारवाला निकायहरुले खरिद नगर्नु नकारात्मक पक्ष रहेको बताएको हो ।

सरकारले धानको मूल्य निर्धारण गरे पनि खरिद नगर्दा किसानहरुले बिचौलिया लाई कम मुल्यमा बाध्यात्मक रुपमा बेच्नुपरेको कुरा गम्भीर र जटिल समस्या रहेको समेत प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले विगतको दिनमा पनि किसानहरुले मल र खाद्दको लागि आन्दोलन गर्नुपरेको बताउदै अब को दिनमा यस्ता समस्याहरुलाई सरकारले अलगै संयन्त्र बनाइ समस्या समाधान हुने गरी काम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस