प्रधानमन्त्री देउवा र नेता केसीबीच बालुवाटारमा वार्ता

सफल खबर संवाददाता

बुधबार, २८ मंसिर २०७९, २१ : ०७
प्रधानमन्त्री देउवा र नेता केसीबीच बालुवाटारमा वार्ता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता अर्जुन नरसिंह केसीबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा लामो भएको भेटवार्ताका क्रममा निर्वाचनमा विजयी भएकामा एकअर्कामा बधाई साटासाटका साथै समसायिक विषयमा छलफल भएको केसीको सचिवालयले जनाएको छ । 

यस्तै भेटका क्रममा नयाँ सरकार गठनका विषयमा छलफल हुनुका साथै ९गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितीय उपस्थितिको समीक्षा भएको थियो । 

अर्थतन्त्रमा देखिएको समस्याको समाधान, नुवाकोटका अधुरा विकास निर्माणका कामका साथै किसानका समस्याका बारेमा पनि केसीले प्रधानमन्त्रीसँग छलफल गरेको सचिवालयले जनाएको छ । पछिल्लो दिनमा केसीले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । केसीले अवसर आएको खण्डमा सभामुख बन्नेमा इच्छा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस