एजेन्सी । विश्वकप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि बिहीबार राति पौने १ बजे फ्रान्स र मोरोक्को भिड्दैछन् । इतिहास रच्नै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको मोरोक्को र साविक विजेता फ्रान्सबीचको खेल रोचक बन्ने देखिएको छ ।
बलियो टोली फ्रान्स र अप्रत्यासिक नतिजा तर विश्वकपमा एक आत्मघातीबाहेक गोल नै नखाएको मोरोक्कोबीचको भिडन्तको नतिजाको आधारमा अर्जेन्टिनाले फाइनलमा आफ्नो प्रतिद्वन्द्वी पाउनेछ ।
गएरातिको सेमिफाइनलको अर्को खेलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । इतिहास गर्ने हो भने फ्रान्स अहिलेसम्म मोरोक्कोसँग हारेको छैन ।
अघिल्ला ५ खेलमा विजय हासिल गरेको फ्रान्सले सन् २००७ मा भने मोरोक्कोसँग २–२ को बराबरी खेलेको थियो । विगतको इतिहास जे भएपनि आजको खेलबाट मोरोक्को अर्को इतिहास रच्दै विश्वकपको फाइनलमा पुग्ने पहिलो अफ्रिकन मुलुक बन्ने रणनीतिमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २८ मंसिर २०७९, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश
सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?
टर्की विश्वकपबाट बाहिरियो
विश्वकपमा क्यानडाको ऐतिहासिक जित : कतार ६-० ले पराजित
विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा