विश्वकपको फाइनल प्रवेशका लागि फ्रान्स र मोरोक्को भिड्दै

एजेन्सी

बुधबार, २८ मंसिर २०७९, ०८ : १२
विश्वकपको फाइनल प्रवेशका लागि फ्रान्स र मोरोक्को भिड्दै

एजेन्सी । विश्वकप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि बिहीबार राति पौने १ बजे  फ्रान्स र मोरोक्को भिड्दैछन् । इतिहास रच्नै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको मोरोक्को र साविक विजेता फ्रान्सबीचको खेल रोचक बन्ने देखिएको छ । 

बलियो टोली फ्रान्स र अप्रत्यासिक नतिजा तर विश्वकपमा एक आत्मघातीबाहेक गोल नै नखाएको मोरोक्कोबीचको भिडन्तको नतिजाको आधारमा अर्जेन्टिनाले फाइनलमा आफ्नो प्रतिद्वन्द्वी पाउनेछ ।

गएरातिको सेमिफाइनलको अर्को खेलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । इतिहास गर्ने हो भने फ्रान्स अहिलेसम्म मोरोक्कोसँग हारेको छैन ।

अघिल्ला ५ खेलमा विजय हासिल गरेको फ्रान्सले सन् २००७ मा भने मोरोक्कोसँग २–२ को बराबरी खेलेको थियो ।  विगतको इतिहास जे भएपनि आजको खेलबाट मोरोक्को अर्को इतिहास रच्दै विश्वकपको फाइनलमा पुग्ने पहिलो अफ्रिकन मुलुक बन्ने रणनीतिमा छ ।