काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न १४ स्थानमा आगलागी भएको छ । आगलागीबाट बर्दियामा ७३ वर्षीया वृद्धाको मृत्यु समेत भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बर्दिया बाँसगढी नगरपालिका जुरैनाकी ७३ वर्षीया महिलाको आगो ताप्ने क्रममा कपडामा सल्किएर ज्यान गएको हो ।
आगलागीबाट उदयपुर बेलका नगरपालिका झाखर टोलका एक पुरुष ग्वालीमा लगाइएको घुरको आगो निभाउँदा घाइते भएका छन् । यस्तै, सबै १४ आगलागीका घटनामा करिब साढे ३० लाख रुपैयाँको सम्पति क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ मंसिर २०७९, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि