सरकार बनाउन बहुमत पुर्याउने उद्देश्यले अध्यादेश ल्याइयोः चित्रबहादुर केसी

सफल खबर संवाददाता

मंगलबार, २७ मंसिर २०७९, १४ : ०९
सरकार बनाउन बहुमत पुर्याउने उद्देश्यले अध्यादेश ल्याइयोः चित्रबहादुर केसी

काठमाडौं । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिनेगरी सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ । जनमोर्चाका तर्फबाट अध्यक्ष चित्रबहादुर केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा फौजदारी कार्यविधि संहितामा परिवतन गर्न अध्यादेश ल्याउन राष्ट्रपतिकोमा सिफारिस गरिएको प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ । जनमोर्चाले  सरकार बनाउन बहुमत पु¥याउने उद्देश्यले रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याउन खोजिएको प्रष्ट भएको उल्लेख गरेको छ । 

‘रेशम चौधरी लगायतका अन्य अन्यायमा परेका कारण होइन, सरकार बनाउन बहुमत पु¥याउने उद्देश्यले नै रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याउन खोजिएको प्रष्ट छ’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहिनता बढ्ने छ । राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण हुने खतरा बढ्ने छ । त्यसैले सरकार बनाउन बहुमत पु¥याउने उद्देश्यले दण्डहितालाई प्रश्रय दिन अध्यादेश ल्याउन सरकारले गरेको निर्णय गलत छ । त्यो गलत निर्णयको हामीले घोर विरोध तथा भत्र्सना गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस