सुर्खेत । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो ।
छेडागाड-५ दिपक अधिकारी, छेडागाड-५ नैनसरा अधिकारी, छेडागाड-५ जैकुवरा बुढा, छेडागाड-५ रामबहादुर बुढा, छेडागाड-६ वीर बहादुर खत्री, भगवती-२, दैलेख अमर खड्का, भगवती-२, दैलेख मान बहादुर रावत, भगवती-२, दैलेख बिरेन्द्र केसी, छेडागाड-५ देवीसरा बुढा, छेडागाड-५ अमर अधिकारी र छेडागाड-५ निषा अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।
छेडागाड-५ की जैभान अधिकारी गम्भिर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा जिप दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते
हुम्लामा जिप दुर्घटना हुँदा चार जना घाइते
दैलेखमा जिप दुर्घटना, ८ जना घाइते
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना