तीन किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २६ मंसिर २०७९, १८ : २८
तीन किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

बागलुङ । बागलुङ नगरपालिका-२ समिट चोकस्थित एक होटलमा १६ र १५/१५ वर्षीया तीन जना किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हाल पोखरा बस्नेहरू बागलुङ गलकोट नगरपालिका-९ घर भएका २३ वर्षीय अशोक दर्लामी, रुपन्देही तिलोत्तमा नगरपालिका घर भएका १९ वर्षीय राहुल थापा र धादिङ कटुथे गाउँपालिका घर भएका १७ वर्षीया किशोर रहेका छन् ।

ती किशोरीहरु शनिबार घरबाट कोही कसैलाई नसोधी निस्की हिंडेकोमा फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त होटलमा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले किशोरीहरुलाई जबरजस्ती करणी गरेको खुल्न आएपश्चात उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस