कर्णाली नदीमा डोजर खस्दा २ जनाको मृत्यु, ३ बेपत्ता ३ गम्भीर घाइते

सफल खबर संवाददाता

आइतबार, २५ मंसिर २०७९, ०७ : ५२
कर्णाली नदीमा डोजर खस्दा २ जनाको मृत्यु, ३ बेपत्ता ३ गम्भीर घाइते

कालिकोट । कर्णाली करिडोर स्थित रेगिल सडकखण्डमा स्काई भेटर डोजर पल्टिदा २ जनाको मृत्यु भएको छ । फुकोट कर्णाली हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेको हो ।

दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते छन् । ३ जना नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । डोजर दुर्घटनामा सान्नित्रिबेणी १ का अन्दाजी १७ बर्षका चरित्र बिक र सान्नित्रिबेणी १ का अन्दाजि १४ बर्षका युवाराज बुढको मृत्यु भएको छ ।

दुर्घटनामा परी सान्नित्रिबेणी १ कै नर गीरीका छोरा उमेस गीरी , सान्नित्रिबेणी १ का रक्तिम बिक अछाम घरभई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन ।

डोजरमा रहेका रास्कोट नगरपालिका ७ का मिलन शाही गम्भीर घाइते छन् । घाइतेरूको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । बेपत्ताको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय का प्रवक्ता सुभराज बमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस