काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकाको खानेपानीको समस्या दीर्घकालीन रूपमा अन्त्य गरिने बताएका छन् । शुक्रबार मेलम्ची खानेपानीको पुनः वितरण कार्यक्रममा बोल्दै उनले काठमाडौंमा १२ महिना नै पानी वितरण गरिने बताए ।
उनले भने, 'काठमाडौं उपत्यकाको खानेपानीको समस्या पटक पटक दोहोरिन दिनु हुँदैन। यसलाई दीर्घकालीन रूपमा अन्त्य गर्नुपर्छ ।' मन्त्री चौधरीले मेलम्चीको विकल्पको रूपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोलाको पानी ल्याउन सकिने पनि उल्लेख गरे । उनले सो कार्यका लागि आफ्नै कार्यकालमा पहल थाल्नेसमेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ मंसिर २०७९, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी, सरकारी कार्यालयमा डुबान
मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौँमा बाह्रै महिना पानी आउने
मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो