महेन्द्रनगर। मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका छन् । एक सय सात सिट रहेको मधेस प्रदेशसभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा (एमाले) समानुपातिकमा आठ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ ।
प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी नौ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ । विसं २०७४ को निर्वाचनमा मधेसमा पहिलो दल बनेको जसपा यसपालि प्रदेशसभामा तेस्रो दल बनेको छ । जसपाले प्रत्यक्षमा नौ र समानुपातिकमा सातसहित १६ सिट ल्याएको छ ।
प्रत्यक्षमा छ सिट जितेको जनमत पार्टी समानुपातिकमा सात सिट हासिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा दुई सिट पाएर पाँचौँ दल भएको छ । मधेसमा नेकपा (माओवादी केन्द्र) ले प्रत्यक्ष र समानुपातिकमा चार-चार गरी आठ सिट जितेको छ । नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षमा चार र समानुपातिकमा तीन सिट पाएको छ ।
प्रत्यक्षमा छ सदस्य स्वतन्त्र उम्मेदवारीबाट आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ एक-एक सिट जितेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ मंसिर २०७९, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे