मेलिना राई र सुरेन बिसीको नयाँ गीत ‘तिमी र म’ सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, २० मंसिर २०७९, ११ : ४५
मेलिना राई र सुरेन बिसीको नयाँ गीत ‘तिमी र म’ सार्वजनिक

काठमाडौं ।  गायिका मेलिना राई र सुरेन बिसीको स्वर रहेको नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । स्याड भर्सनमा तयार गीतमा शब्द तथा संगीत गायक बिसीको सुन्न सकिन्छ । गीतको एरेन्ज सनिरले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन् ।

गीतको भिडियोमा उषा उप्रेती र सुजन खतिवडाको अभिनय देख्न सकिन्छ । युवराज वाइवाले निर्देशन गरेको भिडियोमा प्रेम पिडा देखाउन खोजिएको छ । 

भारत रेग्मीको सम्पादन, निसल पौडेलको छायांकन रहेका दर्शक स्रोताले रुचाउनेमा आफू विस्वस्त रहेको गायिका मेलिना राईले बताइन् । 

प्रतिक्रिया दिनुहोस