सत्ता गठबन्धन बैठक

सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति, संयुक्त वक्तव्य जारी गर्ने

सफल खबर संवाददाता

सोमबार, १९ मंसिर २०७९, १८ : ०६
सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति, संयुक्त वक्तव्य जारी गर्ने

काठमाडौं । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । भर्खरै सम्पन्न निर्वाचनपछि पहिलोपटक बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको सहभागि एक नेताले जानकारी दिए । साथै, गठबन्धनलाई कायमै राखेर अघि बढ्ने भनेर संयुक्त विज्ञप्ति जारी गर्ने बताइएको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्टिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहित कांग्रेस नेताहरू रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का र कृष्ण सिटौला, एकीकृत समाजवादीका वेदुराम भुसाल, माओवादीका नेताहरू नाराणकाजी श्रेष्ठ, देव गुरुङ उपस्थिति थिए ।    

प्रतिक्रिया दिनुहोस