काठमाडौं । निर्वाचन आयोगले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहीता लागू हुने बताएको छ । आयोगले आचारसंहीताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहीता लागू हुने र आचारसंहीता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहीता लागू भएको र आचारसंहीता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पारे । उनले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी रहेकाले आचारसंहीता जारी रहने बताए । उनले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरुको टुंगो लागिसकेपछि मतहरुको हिसाव गरेर दलहरुलाई पत्र लेख्ने र दलहरुले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट सांसदको नाम पेस गर्नुपर्ने उल्लेख गरे ।
उनले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने बताए । उनेल भने, ‘आचारसंहीताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहीता लागू गर्न सक्नेछ भन्नेछ । लागू गर्न सक्नेले त्यसलाई हटाउन सक्ने पनि अधिकार राख्छ । निर्वाचन, प्रचलन, व्यवस्थापन र कानूनले पनि धेरै ठाउँमा भनेको कुरा के हो भने निर्वाचन नसकिएसम्म आचारसंहीता लागू रहन्छ । हामी अहिले निर्वाचनकै क्रममा छौँ । समानुपातिक निर्वाचन प्रणालीको पनि गणना अहिले चलिरहेको छ ।’
उनले फेरि भने, ‘समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरुको हिसाव गरिसकेपछि दललाई हामीले पत्र लेख्छौँ । यति दिनभित्र आफ्नो प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट पेस गर्नु भनिन्छ, नमिले फेरि पठाइन्छ । त्यो पनि एक किसिमले निर्वाचनको एउटा पार्ट नै हो । आयोगले सबै कुरा टुंग्याएर अन्तिम प्रतिवेदन राष्ट्रपति कहाँ बुझाएर परिणाम प्रकाशन गर्छ । यो बेला सम्मको अवस्था आचारसंहीता लागू भएकै अवस्था हो ।’
सहायक प्रवक्ता अर्यालले मंसिर २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपति समक्ष पेस गर्ने बताए । उनले समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने बताए ।
उनले भने, ‘आयोगले वस्तुनिष्ठ योजना बनाएको थियो । ४ गते वस्तुनिष्ठ रुपमा देशभर निर्वाचन सम्पन्न हुन्छ । १३ गतेसम्म नतिजा निकाल्छौँ, १४ गते दललाई पत्र लेख्छौँ समानुपातिकको लागि र २२ गतेसम्म टुग्याउने भनेका थियौँ । सबैकुरा योजना अनुसार नहुने रहेछ, कतै विवादहरु, भए, कतै मत गणनामा विवाद भए, मतका प्रकृतिमा पनि विवाद आयो । समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको मानिदैन ।’
उनले फेरि भने, ‘समानुपातिकमा उम्मेदवार भनेका दल हुन् । कुनैपनि उम्मेदवारको एक मत बाँकी रहँदासम्म निर्वाचन अधिकृतले नतिजा घोषणा गर्न सक्दैन । सबै निर्वाचन क्षेत्रबाट दलले प्राप्त गर्ने मत यकिन भइसकेपछि हामीले सूत्र प्रयोग गरेर कुन दलको भागमा कति सिट पर्छ टुंग्याउँछौँ । आयोगले चाहेर मात्रै नहुने कुराहरु पनि छन् । केही प्रक्रिया लम्बिन सक्छ । हामीले २६÷२७ गतेसम्म वा २८ गतेसम्म हामीले राष्ट्रपति समक्ष पु¥याउन सक्नेछौँ ।’
सहायक प्रवक्ता अर्यालले आयोगको योजना अनुसार निर्वाचन नसकिँदा निर्वाचन मत परिणाम आउन केही ढिला भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले पुनः सुरु गर्यो मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य
राष्ट्रिय दलको मान्यता पाउन संघमा तीन प्रदेशको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव
मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
कीर्तिपुर र काठमाडौं-१६ मा निर्वाचन आयोगले खटायो अनुगमन टोली
उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति