काठमाडौं। आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकमा १० राजनीतिक दलले पाँच हजार मत समेत कटाउन सकेका छैनन् ।समानुपातिकतर्फ पाँच हजार मत नकटाउनेमा विवेकशील साझा पार्टी पहिलो नम्बरमा छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार विवेकशील साझाले ४ हजार ३९ मत पाएको छ ।
यस्तै एकीकृत शक्ति नेपालले ३ हजार ७७६ मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३ हजार ६९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ३ हजार ४०४ मत, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ३ हजार ३३२, मौलिक जरोकिलो पार्टीले ३ हजार २३५, नेपाल समावेशी पार्टीले २,९५२, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २ हजार १९१, राष्ट्रिय नागरिक पार्टी २ हजार १४३, नेश्नलिष्ट पिपल्स पार्टीले २ हजार १५ मत ल्याएको छ ।
देशभर १ करोड ४ लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको छ । उसले २७ हाल ८८ हजार ३५६ मत ल्याएको हो । यस्तै नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ ल्याउँदा नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा
निर्वाचनसम्बन्धी विशेष इकाइहरू बन्द
समानुपातिक सांसदलाई चैत पहिलो साताभित्र प्रमाणपत्र दिने आयोगको तयारी
निर्वाचन आयोगले भन्यो : ‘फागुन २७ गते बिहानसम्म सबै मतगणना भइसक्छ’
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान