काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ मध्ये १६४ सिटको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार १६४ स्थानको मतगणना सम्पन्न भएको र दोलखाको मतगणना जारी छ ।
आयोगका अनुसार कांग्रेस ५७ स्थानसहित सबैभन्दा ठूलो दल बनेको छ । यस्तै, दोस्रो स्थानमा ४४ सिटसहित एमाले, १७ सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेकाे एकीकृत समाजवादीले १० सिट ल्याएको छ भने राप्रपा, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले सात-सात सिट ल्याएका छन् ।
यस्तै, अन्य दलहरू लोसपाले चार सिट, नागरिक उन्मिुक्ती पार्टी तीन सिट, राष्ट्रिय जनमोर्चा, नेमकिपा, जनमत पार्टीले एक-एक सिट जितेका छन् । देशभर स्वतन्त्र रुपमा उठेका उम्मेदवारमध्ये पाँच जनाले विजयी हासिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया