मधेस प्रदेशमा जसपाभन्दा जनमत लोकप्रिय

सफल खबर संवाददाता

आइतबार, १८ मंसिर २०७९, १४ : ०५
मधेस प्रदेशमा जसपाभन्दा जनमत लोकप्रिय

मधेस। मधेस प्रदेशमा मधेसी दलमध्ये सबभन्दा लोकप्रिय पार्टी सिके राउत नेतृत्वको जनमत पार्टी भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको हालसम्मको मतपरिणाम अनुसार जनमत पार्टीले मधेस प्रदेशमा तेस्रो स्थान ल्याएको छ । पहिलो स्थानमा नेपाली काँग्रेसले चार लाख १४४ मत ल्याएको छ भने एमालेले तीन लाख ७६८ मत ल्याएको छ । 

त्यसपछि जनमत पार्टीले तीन लाख २९ हजार १७७ मत ल्याएको छ । त्यहीं जसपा नेपालका दुई लाख ९८ हजार ७७४ मत मात्र आएका छ । जनमतले जसपाभन्दा ३० हजार ४०३ मत बढी ल्याएको छ । 

यसअघिको चुनावमा मधेसमा लोकप्रिय रहेको जसपा र लोसपाले सो लोकप्रियता यसपटक गुमाएको छ ।  लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख १३ हजार ३६४ मत मात्र ल्याएको छ ।

मधेस प्रदेशमा प्रतिनिधि सभातर्फ सिके राउतले एउटा मात्र सीट जितेका छन् भने प्रदेश सभातर्फत ६ वटा सिट जितेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपाले प्रतिनिधि सभातर्फ ६ वटा र प्रदेश सभातर्फ नौ सीट जितेको छ । त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोसपाले प्रतिनिधि सभातर्फ तीनवटा र प्रदेश सभातर्फ सातवट सिट प्रत्यक्षमा जितेको छ । अन्य मधेशवादी दलले न प्रतिनिधि सभातर्फ जितेको छन् न प्रदेश सभातर्फ । 

नेपाल संघीय समाजवादी पार्टीले ५० हजार १८८, नागरिक उन्मुक्ति पार्टी ४९ हजार ७०५, बहुजन एकता पार्टी नेपाल २० हजार ३२४, नेपाल लोकतान्त्रिक पार्टी आठ हजार २८७, पिछडावर्ग निषाद दलित जनजाति पार्टी सात हजार १०४, बुहजन शक्ति पार्टी छ हजार ६८६, नेपाल जनता पार्टी पाँच हजार ४६१, तराई मधेस लोकतान्त्रिक पार्टी पाँच हजार ३६७, जनता प्रगतिशिल पार्टी, नेपाल पाँच हजार ३४०, नेपाल सद्भावना पार्टी चार हजार ८१७, नेपाली जनता दल तीन हजार ६७९ मत ल्याएका छन् । 

मधेस प्रदेशको समानुपातितर्फत जनमत पार्टीले सबभन्दा बढी मत सप्तरीमा नै ल्याएको छ । सिके राउत पनि सप्तरी २ बाट जितेका छन् । त्यही भएर प्रदेश सभामा समानुपातिक मत पनि त्यहाँबा सबभन्दा बढी आएको छ । 

मधेस प्रदेशको समानपातिकतर्फ जनमतले सप्तरीबाट ८६ हजार ७०७, सिरहाबाट ५४ हजार ६५४, सर्लाहीबाट ४४ हजार ४९९, धनुषाबाट ४३ हजार ५२६, महोत्तरीबाट ३७ हजार १९३, रौतहटबाट ३० हजार ९९०, बाराबाट २४ हजार ३१३ र पर्साबाट सात हजार २५४ मत ल्याएको छ । 

 

प्रतिक्रिया दिनुहोस