रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग गर्दै २ सय ४० जना सदस्यले पार्टी केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै जिल्ला सभापति न्यौपानेलाई बर्खास्त गर्न माग गर्दै केन्द्रमा पत्राचार गरिएको हो । स्रोतका अनुसार २ सय ४० जना पार्टी सदस्यले न्यौपानेलाई बर्खास्त गर्न माग गरेर पार्टीको केन्द्रीय कार्यालयमा इमेल गरेका छन् ।
न्यौपानेले समानुपातिक उम्मेदवारलाई विपक्षी दलका उम्मेदवारको घरमै लगेर भेटघाट गराएको आरोप छ । यता न्याैपानेले भने आफूमाथि गुटबन्दी भएकाे प्रतिक्रिया दिएका छन् ।
पार्टीले राष्ट्रिय दलकाे हैसियत पाएसँगै जिल्लामा आफूलाई हटाउन चलखेल सुरु भएकाे उनले दाबी गरे । विपक्ष दलका उम्मेदवार भेटेकाे विषयमा उनले पार्टीको निर्वाचनमा खेलिने कुटनीतिअनुसार भेट गरेकाे बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ मंसिर २०७९, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा