काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार चीन जाने भएका छन्।नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि उनी यसअघि उपचार गरिएकाे चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्।
यसअघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो।चीन-नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सकाे उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।
गत वर्ष चीनमा उपचार गरेर फर्कदा जण्डिसको मात्रा (बिलरुविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ।नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला पनि जाँदैछन्।
चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ मंसिर २०७९, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन
वर्षमान पुन १५ हजार बढी मतान्तरसहित निर्वाचित
धाँधलीरहित चुनाव भए नेकपा पहिलो दल बन्ने वर्षमान पुनको दाबी
मतदानअघि राष्ट्रिय स्वाधीनता र भविष्यका मुद्दा स्मरण गर्न वर्षमान पुनको अपिल
निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी छ: वर्षमान पुन
२१ फागुनमा निर्वाचन नभए सरकारको औचित्य सकिने वर्षमान पुनको जिकिर