एजेन्सी । रुसले आक्रमण थालेयता १३ हजार युक्रेनी सैनिकको ज्यान गएको युक्रेनका उच्च अधिकारीले बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले १० हजार देखि १३ हजार सैनिकको मृत्यु भएको जनाएका हुन्।
युक्रेनले युद्धका कारण भएको मृत्यु भएकाहरूको संख्याबारे जानकारी निकै कम दिने गरेको छ। पोडोल्याकको टिप्पणी युक्रेनको सैनिकले अझैसम्म पुष्टि भने गरेको छैन।
गएको जुनमा पोडोल्याकले एक सयदेखि दुई सय सैनिक दैनिकरूपमा मारिने गरेको बताएका थिए। गएको महिना अमेरिकी उच्च सैनिक जनरल मार्क मिलीले करिब एक लाख रुसी तथा एक लाख युक्रेनी सैनिक युद्धको क्रममा मारिएको बताएका थिए।
गएको बुधबार युरोपियन युनियन कमिसनकी प्रमुख उर्सुला भोन डेर लियनले भिडियो सम्बोधनमार्फत् एक लाख युक्रेनी सैनिक मारिएको बताएकी थिइन्। तर प्रवक्ताले पछि सम्बोधनका क्रममा मृत्यु हुने तथा घाइते हुनेबारे प्रयोग गरिएको संख्या गलत रहेको भन्दै स्पष्ट पारेका थिए।
युक्रेनी टेलिभिजन च्यानलसँगको कुराकानीको क्रममा पोडोल्याकले आफूहरूले मारिनेहरूका बारेमा सार्वजनिक रूपमा कुरा गरिरहेको दावी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ मंसिर २०७९, ०९ : ३७
लेखकबाट थप