स्याङ्जा २ मा धनराजले बढाए मतान्तर, पद्माले कति मत पाइन् ?

सफल खबर संवाददाता

विहीबार, १५ मंसिर २०७९, २० : ०४
स्याङ्जा २ मा धनराजले बढाए मतान्तर, पद्माले कति मत पाइन् ?

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ को मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता थप बढाएका छन् ।

उनले ८८९९ मत पाउँदा एमाले उम्मेदवार पद्मा अर्याल निकै पछि परेकी छन् । अर्यालले ६३८९ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपरिणामअनुसार २५१० मतले गुरुङ अघि परेका हुन् । यस्तै २(१) तर्फ कांग्रेसकै भोजराज अर्याल १००२४ मतसहित अगाडि छन् । यस्तै एमालेका मोहन प्रसाद रेग्मीले ७२८६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस