सुनसरी- ४ मा काँग्रेसका ज्ञानेन्द्र कार्की झिनो मतान्तरले निर्वाचित

सफल खबर संवाददाता

विहीबार, १५ मंसिर २०७९, ११ : ३३
सुनसरी- ४ मा काँग्रेसका ज्ञानेन्द्र कार्की झिनो मतान्तरले निर्वाचित

सुनसरी  । मतगणना निकै रोमान्चक बनेको सुनसरी ४ बाट अन्ततः नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले निर्वाचित भएका छन् ।

गणनाको क्रममा निकटतम प्रतिद्वन्द्वी एमालका जगदीशप्रसाद कुसियैतसँग ४०, ५० भोटको मात्रै अन्तर हुँदै आएपनि अन्ततः कार्की विजयी बनेका हुन् ।  

निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले पराजित भए ।

कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१मत ल्याए ।

प्रतिक्रिया दिनुहोस