काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार पुनः मतदान हुने भएको छ । बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुनः हुन लागेको हो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । १० मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् । आयोगको मंसिर ११ गतेको बैठकले यी क्षेत्रमा पुनः मतदानको निर्णय गरेको थियो ।
कहाँ कहाँ हुँदैछ मतदान ?
वैतेश्वर गाउँपालिका-६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, वैतेश्वर गाउँपालिका(२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’
वैतेश्वर गाउँपालिका-३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ मंसिर २०७९, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै
बैतडीमा पाँच मतदान केन्द्र थपिए
चितवनमा ३४ मतदान केन्द्र थपिए
तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र राख्ने तयारी