काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य चुनावमा एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने भएको छ ।
निर्वाचन आयोगले एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको हो । विगतमा पनि यस्तै अभ्यास हुँदै आएको छ ।
एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने र एउटा मतदान केन्द्रमा मतगणनाका लागि पनि कर्मचारी व्यवस्थापन गर्ने गरी तयारी अगाडि बढेको हो । एउटा मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने आयोगका अधिकारीहरूले बताएका छन्।
सरकारले कर्मचारी व्यवस्थापन सहितको लागि निर्वाचन बजेट तयार पारेको छ । आयोगका अनुसार चुनावको लागि साढे सात अर्ब निर्वाचन खर्च लाग्ने अनुमान गरिएको छ ।
आगामी २१ फागुनका लागि तय भएको चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो । तर, तयार बजेट अन्तिम टुंगो लागिसकेको छैन । यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, १३ : ४५
लेखकबाट थप