ब्राजिल इ समूह विजेता बन्दै नकआउट चरणमा

सफल खबर संवाददाता

विहीबार, १४ असार २०७५, ०७ : ४०
ब्राजिल इ समूह विजेता बन्दै नकआउट चरणमा

चितवन । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह इ बाट ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
बुधबार राती सम्पन्न खेलमा ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा पाउलिन्हो र  थिएगो सिल्भाले गोल गरे । पाउलिन्होले ३६ औं मिनेटमा ब्राजिलका लागि गोलको खाता खोलेका थिए । काउटिन्होको पासमा बल अघि बढाएका पाउलिन्होले गोल गरेका थिए ।

उनलाई रोक्न विपक्षी गोलकिपर अघि बढ्दा त्यसैमा पाउलिन्होले मौकाको फाइदा उठाएका थिए । सिल्भाले ६८ औं मिनेटमा गोल गर्दै टोलीको जितलाई निश्चित पारे । नेयमारको कर्नरमा आएको बलमा सिल्भाले हेडमार्फत गोल गरेका थिए ।
उता, समूह इ बाटै स्वीट्जरल्यान्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश छ । कोस्टारिकासँग २–२ गोलको बराबरी खेल्दै स्वीटजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस