विराटनगर। नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन्। विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आज आयोजित कार्यक्रममा उनले राज्यले गुरुकूल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए।
भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक तथा राष्ट्रका धरोहर भएको डा कोइरालाको धारणा थियो । उनले भने, ‘राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्वर्द्धन गर्नु राज्यको दायित्व हो, धर्म र संस्कृतिको संरक्षणबारे म संसद्मा खरो रुपमा उत्रनेछु ।’
नेता कोइरालाले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने विचार राखे । कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरू अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रियसभा सदस्य रमेशजङ रायमाझीलगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्मचारीमा कम्तिमा २ वर्षको कुलिङ समय राख्नुपर्छ : शेखर कोइराला
ट्यारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा ठूलो होला जस्तो छ : शेखर कोइराला
दलित भएकै कारण घर भत्काइनु निन्दनीय, दोषीलाई कारवाही गर्न ढिला नगरौं : कोइराला
'यो सरकार एमालेकरण त भईरहेको छैन ?'
सरकारमा एमालेले गरेका खराब कामहरुलाई कांग्रेसले जनतामा लैजानुपर्छ: शेखर कोइराला
जलवायुले पुर्याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शेखर कोइराला