काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी हारको नैतिक जिम्मा आफूले लिने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर लडेका थापा पराजित भएका थिए । उनको पार्टीका अन्य सदस्यले समेत उल्लेख्य मत ल्याउन नसकेकोमा उक्त हारको नैतिक जिम्मा आफूले लिने थापाले बताए ।
मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले चुनावी परिणाम निराशाजनक भएको निष्कर्ष निकालेको छ । पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने संगठन निर्माण हुन नसकेको उसको ठहर छ ।
बैठकमा अध्यक्ष थापाले चुनावी हारको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् । चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभावसहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर छ ।
राप्रपा नेपालको सचिवालय बैठकले निर्वाचनमा देखिएको कमजोरी र भोलिका दिनमा अवलम्बन गर्ने नीतिबारे अध्ययन गरी सुझाव दिन उपाध्यक्ष विष्णु भण्डारीको संयोजकत्वमा समिति बनाएको छ । जसमा बसन्तमान सिंह अधिकारी, सुरेश आचार्य, नरप्रसाद थापा, माधव खत्री, हिक्मतजंग भण्डारी, यवती कार्की, उज्वल पोखरेल, राजाराम बर्तौला छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ: कमल थापा
व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गरे देशमा आगो बल्छ: कमल थापा
तोडफोड र आगजनी निन्दनीय : कमल थापा
कमल थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
कमल थापाले बोलाए पदाधिकारी बैठक
बाबुरामको हतास मानसिकता उदाङ्गो भयो : कमल थापा