काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । चार प्रतिनिधि सभा र आठ प्रदेश सभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला थिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेश सभा–२ मा पाँच ,क्षेत्र नं २ को प्रदेश सभा–१ मा एक, प्रदेशसभा–२ मा दुई, क्षेत्र नं ३ को प्रदेश सभा–१ मा एक र प्रदेश सभा–२ मा पनि एक महिलाले उम्मेदवारी दिएका थिए ।
महिला उम्मेदवारमध्ये सर्लाही १ को प्रदेश सभा–२ बाट वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी बची लुङ्गेली मात्र निर्वाचित भइन् । उनले नेकपा (एमाले) की उम्मेदवार शान्तिकुमारी लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गरेका हुन् ।
जिल्लाको क्षेत्र नं १ प्रदेशसभा–२ मा ३८ हजार दुई सय ७२ मत खसेको थियो । सो मध्ये लुङ्गेलीले १३ हजार छ सय ७७ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार लामाले छ हजार नौ सय ७८ मत प्राप्त गरिन् ।
‘निर्वाचनमा भाग लिएका महिला उम्मेदवारले कोटाअनुसार समेत निर्वाचित नहुँदा फेरि पनि समानुपातिककै भरमा महिला सहभागिता हुने सम्भावना बढेको छ । महिला सहभागिता न्यून देखिने अवस्था छ’, महिला अधिकारकर्मी अम्बिका राउतले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
कोदालो प्रहार गरी बुवाको हत्या गर्ने पक्राउ
बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरुवा
सर्लाहीमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी
सर्लाहीकाे मलगंवामा आज साँझदेखी कर्फ्यू
चट्याङ लागेर सर्लाहीमा एक जनाको मृत्यु