काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो ।
तोलामा ३०० रूपैयाँले मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य ९७ हजार ५०० रूपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार रूपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० र तेजाबी सुनको मूल्य ९७ हजार ३०० रूपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले हिजोको तुलनामा आज प्रतितोला १० रूपैयाँले चाँदीको मूल्य घटेको जनाएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रूपैयाँ कायम छ । जुन, हिजो आइतबार तोलामा १२ सय ९५ रूपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदैछ ?