दोलखा । रद्द भएका दोलखाका १० वटा मतदान केन्द्रको मतदान मङ्सिर १५ गते हुने भएको छ । सोमबार बिहान बसेको निर्वाचन व्यवस्थापन समितिले मङ्सिर १५ गते मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
‘सोमबार बसेको निर्वाचन व्यवस्थापन समितिको बैठकले १५ गते १० वटा मतदान केन्द्रमा पुन मतदान गर्ने निर्णय गरेको छ’, उनले भने, ‘त्यसको तयारी आजैबाट सुरु भएको छ ।’ निर्वाचन आयोगले आइतबार मात्रै मङ्सिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
मङ्सिर १० मा भएको मतदानमा सत्ता गठबन्धनले बुथ क्याप्चर गरेको भन्दै प्रतिनिधि सभाका एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले पुन मतदानका लागि निवेदन दिएका थिए । त्यसपछि आयोगले स्थलगत अध्ययन गरेको थियो ।
त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मङ्सिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै
बैतडीमा पाँच मतदान केन्द्र थपिए
चितवनमा ३४ मतदान केन्द्र थपिए
तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र राख्ने तयारी