सुनसरी-१ बाट अशोक राई विजयी

सफल खबर संवाददाता

सोमबार, १२ मंसिर २०७९, ०७ : ४१
सुनसरी-१ बाट अशोक राई विजयी

धरान । सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई विजयी भए ।

उनले १७ हजार ५९ मत प्राप्त गरेर विजयी भए । राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४ सय ५३ मतको मतान्तरले पराजित गर्दै विजयी भए भने तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरे ।

यसै गरी बाम गठबन्धनबाट माओवादीका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार अशोक राई९अविरल०ले ७ हजार हजार ८ सय ४ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस