काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक मतगणनामा विशेष ध्यान दिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
राप्रपाका लागि प्रत्यक्षतर्फको मात्र नभइ समानुपातिकतर्फको पनि एक एक मत उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै लिङ्देनले समानुपातिक मतगणनामा विशेष ध्यान दिन निर्देशन दिएका हुन् ।
लिङ्देनले मतगणनामा अनिवार्य प्रतिनिधि उपस्थित हुन र प्रतिनिधि नखटिएको भए तुरुन्तै आवश्यक प्रबन्ध गर्न प्रदेश समिति, जिल्ला समिति एवं प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उमेदवारलाई निर्देशन दिएका हुन् ।
राप्रपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकतर्फ हालसम्म ४ लाख ८४ हजार मत पाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ मंसिर २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ: राजेन्द्र लिङ्देन
राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्याई हामी छुट्दैनौं : राजेन्द्र लिङ्देन
रवीन्द्र मिश्रलाई भेट्न पुगे राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन ( पूर्णपाठ)
राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन: राजेन्द्र लिङ्देन
सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन