काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्पसनबीच भेट भएको छ ।
गत महिना मात्र जिम्मेवारी सम्हालन् आएका थम्पसनले सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा पुगेर शिष्टाचार भेट गरेका हुन् ।
भेटमा महानिरीक्षक अर्याल र राजदूत डिन आर बीच दुई देशको सम्बन्ध र आपसी हितका बिषयमा कुराकानी भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्न देशका राजदूतको भेट