विश्वकप फुटबल

अर्जेन्टिना र नाइजेरियाबीच आज डु अर डाई भिडन्त

सूर्यप्रकाश कँडेल

मंगलबार, १२ असार २०७५, १७ : ४५
अर्जेन्टिना र नाइजेरियाबीच आज डु अर डाई भिडन्त

चितवन । फिफा विश्वकप फुटबलको समूह चरणका खेल अन्तर्गत आज मंगलबार समूह डी बाट अर्जेन्टिना र नाइजेरियाबीच डु अर डाई (गर वा मर) भिडन्त हुँदैछ । नकआउट चरणमा प्रवेश पाउन अर्जेन्टिनाले आजको खेल जित्नै पर्छ भने नाइजेरियाले बराबरी खेल्दा पनि अर्को चरणमा पुग्नेछ । यी दुईमध्ये जुनसुकै टिमले हारेपनि घर फर्कनु पर्ने अवस्था छ ।
समूह डी बाट आज राति नेपाली समय अनुसार पौने १२ बजे सेन्ट पिटर्सबर्ग स्टेडियममा अर्जेन्टिना र नाइजेरिया गर या मरको अवस्थामा भिड्दैछन् । त्यही समयमा रोस्तोभ एरेनामा आइसल्याण्ड र क्रोएसिया आमनेसामने हुँदैछन् । दुई खेल जितेर ६ अंकसाथ समूह तालिकामा शीर्ष स्थानमा रहेको क्रोएसिया नकआउट चरणमा जाने पक्कापक्की भइसकेको छ । एक खेल हारेको र अर्को खेलमा अर्जेन्टिनासँग बराबरी खेलेको नवप्रवेशी टिम आइसल्याण्ड समूह तालिकाको तेस्रो स्थानमा रहेकोले आजको खेल जितेमा अर्को चरणमा पुग्ने उसको सम्भावना जीवितै छ ।
क्रोएसियासँग एक खेल हारेको र आइसल्याण्डसँग बराबरी खेलेको अर्जेन्टिना समूह डी को अंक तालिकामा सबैभन्दा तल रहेको छ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीलाई आजको खेल जसरी पनि जित्नु पर्ने दबाब छ । उनले आजको खेलमा आफ्नो पूरै शक्ति लगाएर चमत्कारी खेल खेल्ने अनुमान अर्जेन्टिनी समर्थक फुटबलप्रेमीहरुको छ । आजै समूह सी अन्तर्गतका दुई खेल हुँदैछन् ।

समूह डी को आजसम्मको अंक तालिका यस्तो छ,

प्रतिक्रिया दिनुहोस