काठमाडौं । सन् २०१८ मा रसियामा सम्पन्न भएको फिफा विश्वकपको उपविजेता क्रोएसियाले कतारमा जारी २२औं संस्करणको सुरुवाति खेल मोरोक्कोसँग बराबरी खेलेको छ ।
खेलमा क्रोएसियाले विपक्षीको पोस्टमा ५ पटक प्रयास गरे पनि उसका कुनै प्रयास सफल भएनन् । यता मोरोक्कोले क्रोएसियाको पोस्टमा ८ प्रहार गर्दा दुई प्रहार पोस्टको दिशामा रहे पनि गोलमा परिणत हुन सकेनन् ।
खेल अवधिभर ६५ प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै क्रोएसियाले जित्नका लागि संघर्ष गरेको थियो । तर पनि गोल गर्न सकेन । ३५ प्रतिसत समय मात्र बलमा नियन्त्रण लिए पनि मोरोक्कोले राम्रा अवसर सिर्जना गरे पनि गोल हुन सकेन। समूह 'एफ'अन्तर्गत आजै राति बेल्जियम र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ । आजै राति समूह 'ई'का पनि दुई खेल हुँदैछन् । समूह 'ई'को जर्मनी राति पौने सात बजे जापानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित
विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिडदै नेपाल
विश्वकप छनोटमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा
विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको मृत्यु
विश्वकपको फाइनल प्रवेशका लागि फ्रान्स र मोरोक्को भिड्दै