बागलुङ १ : जनमोर्चाले खाता खोल्यो, चित्रबहादुर केसी विजयी

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, १६ : २३
बागलुङ १ :  जनमोर्चाले खाता खोल्यो, चित्रबहादुर केसी विजयी

काठमाडौं । बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । यससँगै राष्ट्रिय जनमोर्चाले बागलुङबाट पहिलो विजय हासिल गरेको छ ।

अन्तिम मत परिणामअनुसार केसीले २१ हजार ४५१ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका सूर्य पाठकले १८ हजार ८२५ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार १८१ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस