२७ वर्षको उमेरमा सोविता गौतम सांसद, को हुन् उनी ?

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, १२ : ३६
२७ वर्षको उमेरमा सोविता गौतम सांसद, को हुन् उनी ?

काठमाडौं । २७ वर्षको उमेरमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम संसदमा प्रवेश गर्ने भएकी छन् । काठमाडौं २ बाट विजयी भएसँगै उनी प्रतिनिधिसभा सदस्य बनेर संसद प्रवेश गर्ने निश्चित भएको हो । 

उनले एमालेका मणिराम फुयाललाई पराजित गर्दै विजय सुनिश्चित गरेकी हुन् । गौतमले १५ हजार २२९ मत प्राप्त गर्दा फुयाल ११ हजार ५५५ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्तीदेवी पोखरेलले ११ हजार ४९ मत प्राप्त गरिन् । यस्तै माओवादी केन्द्रकी ओनसरी घर्ती ९ हजार ४४९ मतसहित चौथो भइन् । 

सोविता पूर्वपत्रकार तथा अधिवक्ता समेत हुन् । नेपाल टेलिभिजनमा काम गर्दागर्दै उनी राजनीतिमा प्रवेश गरेकी हुन् । यस्तै विभिन्न सामाजिक संघसंस्थामा मुख्य भूमिकामा रही बोर्ड सञ्चालन गरेको तथा पर्यटन व्यवसाय सञ्चालन गरेको पनि अनुभव छ । २०५२ सालमा दोलखामा जन्मिएकी उनी कानुनमा स्नातक हुन् । 

प्रतिक्रिया दिनुहोस