काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामको समग्र विश्लेषण र संश्लेषण गर्नैपर्ने बताएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मतगणना जारी रहेकै बेला बुधबार उनले अहिलेको निर्वाचनले निश्चित सन्देश दिएको बताएका छन् । यसबारे पार्टीमा बहस र छलफल हुनुपर्ने उनको तर्क छ ।
निर्वाचनको परिणामबारे अहिलेसम्म माओवादीका ठूला नेता कसैले पनि टिप्पणी गरेका छैनन् । सबैले नतिजा कुरिरहेका छन् । तर, नेता श्रेष्ठले भने बुधबार सामाजिक सञ्जालबाट निर्वाचन परिणामबारे विश्लेषण र संश्लेषण गर्नुपर्ने तर त्यसका लागि घोत्लिन जरुरी नभएको उल्लेख गरेका छन् । उनले सबै आँधीबेरी जीवन ध्वंश गर्न नभई बाटो सफा गर्न पनि आउने बताएका छन् ।
‘निर्वाचन परिणाम आइरहेका छन् । यसले निश्चित सन्देशहरु दिएको छ । यसबारेमा समग्र विश्लेषण, संश्लेषण गर्नै पर्छ । त्यसका लागि धेरै घोत्लिनुपर्ने स्थिति पनि छैन । निष्कर्ष सहज बोधगम्य नै छ । तर अहिले यति मात्रः बुद्ध शिक्षाको महत्वपूर्ण निम्न अंशलाई मनन गरौं । सबै आँधिबेरीहरु तपाईको जीवन ध्वंश गर्न मात्र आउँदैनन्, कुनै तपाईको बाटो सफा गर्न पनि आउँछन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध