सप्तरीमा ८० वर्षीय वृद्धले गरे झुन्डिएर आत्महत्या

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, १६ : ५३
सप्तरीमा ८० वर्षीय वृद्धले गरे झुन्डिएर आत्महत्या

सप्तरी । रुपनी गाउँपालिका-६ स्थित वीरेन्द्र बजारमा मंगलबार एक वृद्धले झुन्डिएर आत्महत्या गरेका छन् । ८० वर्षीय सूर्यबहादुर थापा मगरले घर नजिकैको मुंगाको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । बिहान करिब ५ बजेतिर पासो लगाएर आत्महत्याकाे हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ ।

सधैं बिहानको समयमा चिया खान गाउँमै रहेको पसलमा जाने गरेका उनलाई आज पनि त्यतै गए हाेलान भनेर परिवार ढुक्क भएर बसेकाे थियाे । तर पछि झुण्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएकाे थियाे । 

चिया खाएर पसलबाट आउँदै उनका भाई विष्णु थापा मगरले दाजुलाई झुण्डिएकाे अवस्थामा देखेका थिए । उनले भने, 'एकाबिहानै मुंगाको फेदमा बसिरहेकाे जस्तो देखे, चिसोमा दाई के गरेको भन्दै हेर्न जाँदा घाँटीमा पासो लागेर प्राण त्याग गरेको देखे ।' त्यसपछि प्रहरीलाई खबर गरेको उनकाे भनाइ छ ।

मगरको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा परीक्षण गरि परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन् । उनको मंगलबारै अन्त्येष्टि गरिएको परिवारले जानकारी दिएका छन् ।

यसैगरी, रुपनी गाउँपालिका-१ स्थित बाघाखालमा सोमबार अन्दाजी ३२ बर्षीय एक महिला झुण्डिएको अjस्थामा मृत फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस