एजेन्सी । पूर्वप्रधानमन्त्री इमरान खानको ज्यान जोखिममा रहेको र उनीमाथि अर्को हत्याको प्रयास हुनसक्ने पाकिस्तानका एक शीर्ष न्यायाधीशले बताएका छन् ।
राजनीतिक विरोधका क्रममा राष्ट्रिय राजधानीमा सडक अवरुद्ध भएको विषयमा व्यापारीहरूको संस्थाले दायर गरेको निवेदनको सुनुवाइ गर्दै इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीश आमिर फारुकलेयस्तो टिप्पणी गरे । उनले गुप्तचर रिपोर्टलाई उद्धृतसमेत गरेका थिए ।
यस महिनाको सुरुमा, ७० वर्षीय खानलाई वजिराबाद सहरमा इस्लामाबादमा ‘लङ्ग मार्च’ गर्ने क्रममा एक आक्रमणकारीले खुट्टामा गोली हानेका थिए । आक्रमणमा खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का एक समर्थकको मृत्यु भएको थियो । उक्त हमलामा एक दर्जन भन्दा बढी घाइते भएका थिए । उक्त घटनापछि पार्टीले आफ्नो मार्च स्थगित गर्न बाध्य पारेको थियो ।
पूर्वक्रिकेटर खानले वर्तमान प्रधानमन्त्री शहबाज सरिफ, गृहमन्त्री राणा सनाउल्लाह र सैन्य अधिकारी जनरल फैसल नसीरलाई आक्रमणको योजना बनाएको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०६ मंसिर २०७९, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतका न्यायाधीश सिफारिस : संसदीय सुनुवाइ समितिको सूचना, उजुरी दिन १० दिनको समय
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस
आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार, दुई जना पक्राउ
सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्दै