रोल्पामा वर्षमान पुन अगाडि

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १९ : ४८
रोल्पामा वर्षमान पुन अगाडि

रोल्पा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्र्तगत जारी मतगणनामा रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन्।

हालसम्म १ हजार ६१२ मत गणना हुँदा पुनले १ हजार १५५ मत पाएका छन् भने दोश्रोमा एमालेका उम्मेदवार पूर्ण बुढामगरले २१७ मत पाएका छन् । तेस्रोमा राप्रपाले ८५ मत पाएको छ । १४२ मत भने बदर भएको छ ।

प्रदेश सभातर्फ ‘क’ मा १२३८ मत गणना हुँदा माओवादीका उम्मेदवार जोगबहादुर महरालेले ६४४ मत पाएका छन् भने एमालेका उम्मेदवार कमलबहादुर बुढाथोकीले २५० मत पाएका छन् । राप्रपाका उम्मेदवारले ११० मत पाएका छन् । २११ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस