विराटनगरमा शंकास्पद वस्तु फेला

सफल खबर संवाददाता

शनिबार, ०३ मंसिर २०७९, ०८ : १९
विराटनगरमा शंकास्पद वस्तु फेला

विराटनगर । मोरङको विराटनगरमा शंकास्पद वस्तु फेला परेको छ ।

विराटनगर महानगरपालिका– ३ स्थित पुष्पमार्गमा शनिबार बिहान बमजस्तै देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।  

बिहान शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  मोरङका एसपी शान्तिराज कोइरालाले नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु निष्क्रिय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस