काठमाडौंका विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला

सफल खबर संवाददाता

शुक्रबार, ०२ मंसिर २०७९, ०९ : १७
काठमाडौंका विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको छ । शुक्रबार बिहान बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको हो ।

उक्त शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको प्रहरीले जनाएको छ । त्यस्तै ललितपुरको जाउलाखेल स्थित सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालय अगाडि पनि शंकास्पद वस्तु फेला परेको छ ।

निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे प्रहरी परिसरले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस