काठमाडौं । सरकारले मंसिर ४ र ५ गते उद्योग कलकारखाना, निजी प्रतिष्ठान र कार्यालयहरुमा समेत बिदा दिन निर्देशन गरेको छ ।
गृह मन्त्रालयले नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतका सरोकारवाला निकायलाई बिहीबार पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।
यसअघि मंसिर ४ गतेको आम निर्वाचनका लागि सरकारले ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोहीअनुसार निजी क्षेत्रमा पनि बिदा दिन सरकारले भनेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ मंसिर २०७९, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ २२ गते चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा
स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा