चाँडैनै कम्युनिस्ट पार्टीहरू पुनः एक ठाउँमा उभिने सम्भावना : योगेश भट्टराई

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, २१ : १३
चाँडैनै कम्युनिस्ट पार्टीहरू पुनः एक ठाउँमा उभिने सम्भावना : योगेश भट्टराई

ताप्लेजुङ ।नेकपा (एमाले)का केन्द्रीय सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश भट्टराईले माओवादी र कांग्रेस आफूहरूको दुश्मन नभएको बताएका छन् । नेकपा (एमाले) ताप्लेजुङले आज सदरमुकाम फुङलिङमा आयोजना गरेको नगर स्तरीय चुनावी आमसभालाई सम्बोधन गर्दै आफूहरूको दुश्मन माओवादी र काङग्रेस नभइ गरिबी भएको बताएका हुन् ।

उनले देशको समृद्धिको खाका नेकपा (एमाले)सँग मात्र रहेको भन्दै गठबन्धनसँग प्रस्ट राष्ट्र निर्माणको रूपरेखा नभएको अरोप लागाएका छन् । गठबन्धनमा आवद्ध दलहरू एकले अर्काको घोषणा पत्रनै स्वीकार्न नसक्ने स्थिति रहेको समेत बताए ।

त्यस्तै उनले आफू नेकपा एमालेको मात्र नेता र उम्मेदवार नभइ सम्पूर्ण पार्टी र ताप्लेजुङबासीको साझा उम्मेदवार भएको भन्दै आगामी निर्वाचनबाट निर्वाचित भएर अहिलेका अन्य पार्टीका उम्मेदवारहरूलाई पनि सँगसँगै लिएर हिँड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले चाडैनै कम्युनिस्ट पार्टीहरू पुनः एक ठाउँमा उभिने सम्भावना भएकाले एक अर्काप्रति गाली गलौज र खरो प्रतिस्पर्धा नगर्न माओवादीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । हिजो गठबन्दनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले ताप्लेजुङ आएर एमालेप्रति गरेका कटाक्षलाई लिएर आफू अलिकतिपनि विचलित नभएको समेत प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस