काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई केवल आवधिक निर्वाचनको रुपमा मात्रै नभइ विगतका त्रुटी कमीकमजोरी सच्याउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।
निर्वाचन प्रचारप्रसारको मौन अवधि सुरु हुनु केही घण्टाअघि आम मतदातालाई सम्बोधन गरी जारी गरिएको भिडियो सन्देशमा अध्यक्ष लिङ्देनले सो कुरा व्यक्त गरेका हुन् ।
अध्यक्ष लिङ्देनले हाम्रै जीवनकालमा समृद्ध नेपाल बनाउने र नेपाल बनेको हेरेर मर्ने आमचाहना परिपूर्ति गर्ने संकल्पका साथ राप्रपा निर्वाचनमा होमिएको बताएका छन् । लिङ्देनले राष्ट्रिय राजनीतिमा राप्रपा नवीन सोच र दृष्टिकोणका साथ जनताको माझमा आएकाले आफ्नो पार्टीका प्रतिनिधिसभा र प्रदेश सभाका उमेदवारलाई मत दिइ बिजयी गराउन आम मतदातालाई अपील समेत गरेका छन् ।
यसैगरी अध्यक्ष लिङ्देनले अर्को भिडियो सन्देश मार्फत जीवनमा पहिलोपटक भोट हाल्न तम्तयार लाखौं नवयुवा र युवालाई आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने निर्वाचनको रुपमा सदुपयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उमेदवारसमेत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ: राजेन्द्र लिङ्देन
राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्याई हामी छुट्दैनौं : राजेन्द्र लिङ्देन
रवीन्द्र मिश्रलाई भेट्न पुगे राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन ( पूर्णपाठ)
राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन: राजेन्द्र लिङ्देन
सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन