काठमाडौं । आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न ४ देशका प्रमुख निर्वाचन आयुक्तसहित नेपालस्थित १८ वटा कूटनीतिक नियोगले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचनको विश्वसनीयता बढाउन उनीहरूले पर्यवेक्षण गर्ने निर्वाचन आयोगले जनाएको छ ।
बिहीबार पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनुमति प्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७२०७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनालाई आयोगले पर्यवेक्षण परिचय पत्र उपलब्ध गराइसकेको जानकारी दिए ।
पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नेछन् । आयोगले हालसम्म करिब ७ हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज